बिर्तामोड । 

झापाको बिर्तामोड–१ मा रहेको चिल्ड्रेन इन्भारोमेन्ट विद्यालयले शैक्षिक यात्रा २०८० अन्तरगत बिविध कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालयले सोमवार (आज) विद्यालय परिसरमा सांस्कृतिक कार्यक्रम गरेर शैक्षिक यात्रा २०८० मनाएको हो । सोही कार्यक्रमकाबीच एसइइमा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

सास्कृतिक कार्यक्रम अन्तरगत कक्षा नर्सरीदेखि १० सम्म अध्ययनरत विद्यार्थीले नृत्य, गायन, कविता वाचन,  स्पिच,नाटक, मोडलिङ लगायतका कार्यक्रम प्रस्तुत गरेको विद्यालयका इसीइ कोअडिनेटर दिनेशराज शर्माले जानकारी दिए ।

विद्यालयका वाल क्लव अध्यक्ष जश्मिन चौहानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी सल्लाहकार न्यूजरल्याण्डकी डेरीडिना मारिया बेनिमारको प्रमुख आतिथ्य रहेको थियो ।

विद्यार्थीको तर्फबाट विनिषा लिम्बू र शिक्षकका तर्फबाट रुकु थापाले स्वागत गरेको कार्यक्रममको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र विद्यार्थीहरु अञ्जली न्यौपाने र दीया पौडेल लगायतले गरेका थिए ।

child

कार्यक्रममा बिर्तामोड नरपालिकाका शिक्षा शाखा अधिकृत  केशर वहादुर खवास, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र पोखरेल, विद्यालय अभिभावक संघका अध्यक्ष गोविन्द कार्की, विष्णु भगवती स्कूलका प्रिन्सिपल पुण्यप्रसाद उप्रेती, वेल्स मोडल स्कूलका प्रिन्सिपल तारा प्रसाई लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा एसइइमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी दिब्या आचार्य, आरजु पोखरेल, रेश्मा खनाल, सन्ध्या गुरुङ, रञ्जित मैनाली र निशिम थाम्सुहाङलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

कक्षा नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन  हुने विद्यालयमा ६ सय ५५ जना विद्यार्थी अध्यानरत रहेको विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए । उनका अनुसार शिक्षक तथा कर्मचारी गरेर जम्मा विद्यालयमा ६० जना बढी कर्मचारी रहेका छन् ।