बिर्तामोड । 

झापाको बिर्तामोडमा आगामी फागुन ७ गते कुन्ती मोक्तान सांगीतिक साँझ तथा सम्मान कार्यक्रम हुने भएको छ । प्रमिश इन्टरटेन्टमेन्ट तथा इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेशनको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको शुक्रवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी गराइएएको हो । 

मञ्जुश्री सम्मवत् २८६० औं सोनाम ल्होछारको अवसर पारेर तामाङ समुदायको संस्कृति तथा परम्परालाई प्रवर्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष केवल तामाङले बताए । 

सांगीतिक साँझ कार्यक्रमसहित गायिका कुन्ती मोक्तान र गीतकार तथा संगीतका शिलाबहादुर मोक्तानलाई सम्मान गरिने अध्यक्ष तामाङले जानकारी दिए । बिर्सदै गएका श्रष्टालाई उजागर गर्न कार्यक्रमको आयोजना गरिएको बताइएको छ । 

कार्यक्रममा ५ हजार १० हजार रुपैयाँको प्याकेजका आधारमा तामाङ खानापरिकारसहित सातप्रकारका खानासमेत उपलब्ध हुने बताइएको छ । होटल हेभन बिर्तामोडमा साँझ ५ बजेदेखि शुरु हुने कार्यक्रममा करिव ३ सयको उपस्थिति रहने आयोजकले अनुमान गरेको छ भने ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पत्रकार भेटघाटका होटल हेभनका सञ्चालक भक्तराज भारती, आयोजक संस्थाकी सचिव सुनिता तामाङलगायतको उपस्थिति रहेको थियो ।