झापा । 

झापाको दमक नगरपालिका–३ स्थित रहेको बेलडाँगी भुटानी शिविरमा एक बालकलाई पर्छादा मृत्यु भएको छ ।  भुटानी शिविर सेक्टर बि ४ हट न. ४३२ बस्ने पञ्चवीर घिसिङको घरमा आश्रय लिएर वसेकीसुष्मिता बिश्वाको ८ महिनाका छोरा एरित ओलीलाई पञ्चबीर घिसिङले पर्छादा अचेत अवस्थामा उपचारत शिशुको मृत्यु भएको हो । 

अचेत अवस्थामा उपचाररत शिशुको दमक अस्पताल दमक पठाएकोमा इसिजि उक्त अस्पतालमा नरहेकोले इसिजि गराउनको लागि किओच बाल अस्पताल दमक पठाइएको थियो । तर, बच्चाको मृत्यु भई सकेको सोही अस्पतालको डाक्टरले घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मृत लास दमक अस्पतालको शव गृहमा राखिएको, बच्चा पछार्ने पञ्चवीर घिसिङ र शंकित बच्चाको आमा सुष्मिता बिश्वासमेत शंकित देखिएकोले दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमक ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुबै जनाले मापसे गरेको प्रहरीले जनाएको छ ।