हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले गायिका मेनुका पौडेललाई सम्मान गरेको छ । भारतीयको चर्चित टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी गायिका पौडेललाई पालिकाले नगद ४५ हजार 

रुपैयाँसहित कदरपत्रले सम्मान गरेको हो । हल्दिबारी वडा नम्बर ४ कि स्थायी बासिन्दा मेनुकालाई पालिकाले सोमवार (आज) नगदसहित सम्मान गरेको हो । गायिका पौडेलले इण्डियन आइडलको यात्रा टुंगिए पनि जीवनको सांगीतिक यात्रा भर्खर शुरु भएको बताइन्।

गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, पालिकाका ५ वटै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उनलाई सम्मान गरेका थिए।