बिर्तामोड । 

 झापाको बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा सम्लग्न बिर्तामोड ८ का चन्द्रप्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले आइतवार (आज) पत्रकार सम्मेलन गरी प्रसाईलाई सार्वजनिक गरेको हो । बिबाह गर्न अस्वीकार गरेपछि प्रसाईले अर्जुनधारा ६  महानन्द चोक पश्चिम मगरको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । 

आसामबाट २०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका थिए । छोरा बुहारीसँग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईले केही समयदेखि अवैध सम्बन्ध राखेको खुलेको छ । मादकपदार्थ सेवन गर्दै हिड्ने मगरले घटनास्थलमा आफुलाई झापड हानेपछी ढुङ्गाले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन् ।

मगर अर्जुनधारा नगरपालिका वडा नम्बर –६ बिहानी टोलस्थित ब्याडमिण्टन कवर्ड हलको बाहिरपट्टि गत माघ ८ गते बिहान  मृत फेला परेकी थिइन् । प्रसाईलाई सात दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको जनाइएको छ ।