उदयपुर।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१ कटरवोटेबाट अवैध हतियार भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले चौदण्डिगढीबाट बेल्टारतर्फ आउँदै गरेको को १३ प ४१५ नम्‍बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग गर्ने वारुद सहितको  सेतो वट्टा १ थान, फलामको गोली ४ थान, केप १ थान, दवास १ थान, फलामको नाल १ थान र वेरिङ १७ थान सहित आम्चोक गाउँपालिका–१० भोजपुरका २० बर्षीय समिर राईलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।