बिराटनगर।

सुनसरी र भोजपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट चोरी मुद्धा र कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी मुद्धामा सुनसरी जिल्ला अदालतबाट मिति २०८०/०१/१३ गतेको फैसला आदेशले ३ महिना कैद र ७ हजार रुपैया जरिवाना भई फरार रहेका दुहवी नगरपालिका–२ का शम्भु साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा सम्मानित भोजपुर जिल्ला अदालतको मिति २०६१/०५/२८ गते भएको फैसला आदेशले ३ बर्ष कैद भएका टेम्केमैयुङ गाउँपालिका–५ का ४६ बर्षीयु पुर्णहाङ राईलाई खोजतलास गर्ने क्रममा ललितपुर महानगरपालिका–२५ भैंसेपाटीमा लुकीछिपी बसेको अवस्था फेला पारी पक्राउ गरेको हो ।

पक्राउ गरेको दुबैजनालाई अदालतहरुमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवना भुक्तानको लागि जिल्ला कारगार पठाईएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।