झापा । 

झापाको कमल गाउँपालिका वडा नम्बर ४ मा धारिलो हत्यार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन् । कमल–४ का २३ बर्षिय आशिष तामाङले आफ्नै बुबा अन्दाजी ४५/५० बर्षिय भोलाकुमार तामाङको धारिलो हत्यार कराई र दाउले प्रहार गरी हत्या गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । 

सोमवार (आज) बिहान ६ः३० बजेको समयमा छोरा आशिषले पिता भोलालाई कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेर फरार रहेका थिए । 

पिताको हत्या गरेर फरार रहेको भन्ने जानकारी प्रहरी चौकी केर्खामा ७ः१५ बजे प्राप्त हुन साथ प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर दाउ प्रहार गर्नेको खोजतलास गर्ने क्रममा कमल–४ दुधडेरी भन्ने स्थानबाट आशिषलाई नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिइएकाका आशिषलाई इलाका प्रहरी कार्यालय दमकतर्फ ल्याउदै गरेको र लास घटना स्थलमा नै रहेको जनाइएको छ । घटनास्थल अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खा त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।