सोलुखुम्बु।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङका ५० बर्षीय सितलबहादुर राईको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानिय ५५ बर्षीय  धरनबहादुर राई र ३५ बर्षीय समित कुलुङ रहेका छन् । 

शुक्रबार राती सवा १० बजे मादक पदार्थ सेवन गरेर बादबिबादसँगै भएको झै–झगडामा घाईते भएका सितलबहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमा अन्य कानूनी प्रकृया भईरहेको छ भने नियन्त्रणमा लिएको दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।