उदयपुर ।

उदयपुर कटारी नगरपालिका–६ स्थित देउलीकुनाबाट अबैध लागूऔषध ३८ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका–१ बस्दै आएका ३२ बर्षीय गणेशबहादुर मगर र ३३ बर्षीय बिरबहादुर मगर छन् ।

बिहीवार राती साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले उनीहरुलाई १९/१९ किलोग्राम गाँजा बोरामा बोकेर कटारी ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।