बिराटनगर ।

मोरङ र उदयपुरको छुट्टाछुटै स्थानबाट नियन्त्रित औषधीसहित तिन जनालाई प्रहरी पक्राउ गरेको छ ।  त्रियुगा नगरपालिका– ११ स्थित रहेको काल्स फार्मेसीमा नियन्त्रित औषधीहरु बिक्रिवितरण भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीबाट नियन्त्रित औषधी स्पासपेन १ हजार ९ सय ६० र वेगावेलेन ८० ट्यावलेट फेला पारी संचालक स्थानीय ३६ बर्षीया सरिता चौधरीलाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउदै गरेको को. २९ प. २२७२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा नियन्त्रित औषधी NITROVET ३ सय चक्की फेला पारी चालक बिराटनगर-४ का ३० बर्षीय अरुण कुमार मण्डल धानुक र पछाडी सवार बिराटनगर( १२ का ४४ बर्षीय मनोज कामतलाई पक्राउ गरेको हो ।

मोटरसाईकल र नियन्त्रित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।