मोरङ ।

मोरङ र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट भोक्राहा नर्सिंङ गाउँपालिका–६ का २४ बर्षीय नजाम आलम र बराहक्षेत्र नगरपालिका–११ का ओसिम अन्सारीलाई ५६ ग्राम लागुऔषध ब्राउन सुगरसहित बिहिवार साँझ पक्राउ गरेको हो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–९ का २६ बर्षीय रविन धिमाललाई ५ सय मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो भने प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका–९ का ५० बर्षीय मित्र बहादुर बस्नेतलाई प्रतिबन्धित औषधी ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।