मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१४ आइसिपी सडक खण्डबाट प्रहरीले बेबारीसे अवस्थामा लागूऔषध गाँजा फेला पारेको छ ।

मंगलबार राती १० बजे ईलाका प्रहरी कार्यालय रानीबाट गस्तीमा खटिएको प्रहरी टोलीले को १७ प ८६३ नम्बरको मोटरसाईकलमा रहेको  झोला भित्र लुकाईछिपाई राखिएको ४० केजी गाँजा फेला पारी बरामद गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फाइल तस्बीर