• विष्णुप्रसाद पोखरेल

दमक । 

झापा दमक वडा नं. ९ की बीना भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । बिद्यालयमा जाँदैदेखि उनी नाँच्ने र गाउने गर्थिन् ।  आफ्नै साथी र शिक्षक÷शिक्षिकाले हौसला दिएपछि उनलाई एकदिन आफु साच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ ।

आमा अम्बिकादेबीले आफुलाई सानै उमेरदेखि गाउन हौसला दिने गरेको भट्टराई सम्झिछिन् । पुख्र्यौली घर ताप्लेजुङ्ग भएपनि सानै उमेरदेखि दमकमा नै बस्थिन् । दमकमा नै कक्षा १० अर्थात माध्यमिक तहसम्म अध्ययन गरेकी र संगितप्रतिको रुचिका कारण उच्च शिक्षाका लागि काठमडौ गएकी हुन् । 

काठमाडौं पुगेपछि गुरु चण्डिप्रसाद काफ्लेसंग संगित सिक्न शुरु गरेको र श्री संगित पाठशालामा ८ बर्ष निरन्तर संगित सिकेको भट्टराई बताउछिन् । आफुले २०६५ सालमा पहिलो पटक बाध्यता एल्बममा ‘झुक्याएर पासो थापि...’ भन्ने गीत गाएको बताइन् । मीन गुरुङ्गको संगित र उर्वशी थापाको शब्द रहेको थियो ।

आफुले गितहरु पनि लेख्ने गरेको उनको भनाई छ । त्यसपछि लगातर गरेर आफुले १५० भन्दा बढि गीत गाएको उनले बताइन्  । हामी मोफसलका मानिसहरुलाई काठमण्डौ गएर स्थापित हुन समस्या हुने रहेछ, उनले े गुनासो गरिन् ‘यहाँसम्म आइपुग्न धेरै नै संघर्ष गर्नु परेको छ’ ।

आफुले लोक गित, आधुनिक गितहरु गाएको भट्टराई बताउनु हुन्छ । छक्कै परे..,बुढेशकालको लौरी..,सुन्तलाको फल.. लगायतका गितहरु गाएकी छिन्  । आफुले लेखेको साडी मलमल..को गीत निक्कै नै चलेको उनले जनाइन् । गाउनेमात्र होइन म गित लेख्नेपनि गर्छु, भट्टराई भन्छिन् । 

आफुलाई गायिका बनाउनका लागि बुबा मनप्रसाद भट्टराईले हलगोरु र घरको दुध दिने भैसि बेचेको सम्झदा अहिले पनि आँशु झर्ने उनी बताउछिन् । आमाले आफ्ना गरगहना बेचेर आफुलाई यस क्षेत्रमा लाग्न आवश्यक खर्च जुटाइदिएको भट्टराईको भनाई छ ।

२०७७ सालमा बुबा खसेपछि दमक आइ आमाको साथ बसेको र आफ्नो संगित यात्रा केहि समय रोकिएको जनाइन्  । बुबाको पनि निधन भयो र कोरोना संक्रमणले गर्दा त्यो समयमा केही पनि गर्न सक्ने अवस्था रहेन, उनले भनिन् अब नयाँ गीत तथा एल्बम निकाल्ने तयारी गर्दैछु, गायिका भट्टराइले सुनाउनु भयो । एकदिन अघिमात्र अन्जु श्रेष्ठसंगको तीजको लहर बोलको नयाँ गीत सार्वजनिक भइसकेको छ ।

२०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षा पासगरेकी भट्टराईले नेपाल आइडलमा प्रारम्भिक छनोटमा निर्णायकको भुमिका पनि खेलेकि थिइन् । 

छाँयादेवी तिज म्यूजिक अवार्ड २०७५, सगरमाथा म्यूजीक अवार्ड २०७६,राष्ट्रिय राप्ती म्यूजिक अवार्ड लगायतका बिभिन्न अवार्डबाट पुरस्कृत तथा सम्मानित भट्टराई अहिले पनि त्रिभुवन बिश्वबिद्यालय ललितकला कयाम्पसमा संगीत बिषय अध्ययनरत रहेकी छिन् । ३ वटा स्थानीय बिद्यालयमा संगीत शिक्षा पढाउदैछिन् ।