बिराटनगर । 

सुनसरीको इटहरी उपमहानगरपालिका –२० सेउती पुल नजिक भएको घटनामा संलग्न रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ५ गते इटहरी २० स्थितमा बिराटनगरका २८ बर्षिय रोहित चौधरीलाई गोली प्रहार गरी लुटपाटमा संलग्न रहेका धरान उपमहानगरपालिका –०४ का २७ बर्षिय ज्याङ्लो भन्ने युनेश राईलाई ७.६५ एमएमको ८ राउण्ड गोली सहित पक्राउ गरिएको हो ।

शनिवार (आज) बिशेष सुचानाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले राईको घर कोठामा खानतलासी गर्ने क्रममा लेडिज ब्याग भित्र प्लास्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा ७.६५ एमएमको ८ राउण्ड गोली बरामद गरेको हो ।

गोलीसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।