मोरङ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–३ बाट एक थान कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय  राजकुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोलसहित आईतवार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।