झापा । 

कला साहित्य र मनोरञ्जन सम्वन्धि विभिन्न कार्यक्रम उत्पादन र सञ्चालन गर्दै आएको बि ब्रोस इन्टरटेनमेन्टले मिस्टर एण्ड मिस पूर्वाञ्चल विश्वकर्मा प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

विश्वकर्मा समुदाय भित्र रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले  मिस्टर एण्ड मिस पूर्वाञ्चल प्रतियोगिताको आयोजना  गर्न लागेको शुक्रवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । 

प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा गरेको र इच्छुकले आजैदेखि अनलाइन मार्फत फारम भर्न सक्ने संस्थाका प्रवन्ध निर्देशक सञ्जय विकले बताए । प्रतियोगितामा सहभागी हुनेलाई भदौं १० गतेबाट तालिम प्रदान गरिने र फिनाले भदौ २६ गते दमकमा आयोजना गरिने सञ्जयले जानकारी दिए ।  उनका अनुसार प्रतियोगितामा प्रदेश भरीका विश्वकर्मा समुदायका १६ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवा तथा युवतीले सहभागीता जनाउन सक्ने छन् । 

bishwakarma

प्रदेश फिनालेबाट छनौट भएका प्रतियोगिले सन् २०२४ मा काठमाडौमा हुने ग्राण्ड फिनालेमा सहभागीता जनाउन सक्ने जनाइएको छ । पूर्वाञ्चल मिस्टर तथा मिस हुनेलाई नगदसहित आकर्षक गिफ्ट हेम्पर तथा म्याुजिक भिडियो र मोडलिङमा सहभागी गराइने बताइएको छ । 

पत्रकार सम्मेलनमा कार्यक्रमका प्रदेश को–अडिनेटर रितेश लाम्गादे, सरु गदाल, पूर्वाञ्चल इञ्चार्ज सञ्जिव गजमेरलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सञ्चारकर्मी गोबिन्द ल्वागुनले गरेका थिए । 

प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित १० लाख रुपैयाँ खर्च लाग्ने  आयोजकले जनाएको छ ।