काठमाडौं । 

फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनी झुण्डिएको अवस्थामा भेटिएका  हुन्।

घरको भर्‍याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएर ताम्राकार मृत अवस्थामा भेटिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।

घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । आत्महत्याको कारण खुलेको छैन।