झापा । 

झापा गाउँपालिका–२ बाट लागू औषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी टाघन डुब्बाको प्रहरी टोलीले कनकाई नगरपालिका–३ का २४ बर्षीय मनिष वाग्ले भनिने दर्पन वाग्लेलाई २ ग्राम लागुऔषध ब्राउनसगुरसहित बुधवार राती पक्राउ गरेको हो ।

पक्राउ परेका वाग्लेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।