शनिश्चरे । 

ब्रदर एण्ड सिस्टर जिम हाउसको आयोजनामा झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरेमा भोलीदेखि ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ आयोजना हुने भएको छ । 

अर्जुनधारा–८ को नयाँ बजारलाई चलायमान, बजार ब्यवस्थापन र बिपद् ब्यवस्थापनलाई सहयोग पुर्याउने उदेश्यले असार १३ देखि २७ गतेसम्म १५ दिने महोत्सवको आयोजना गरिएको मंगलबार (आज) महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।  

mini mela

सयपत्री इन्टरटेन्डमेन्ट प्रालि झापाको ब्यवस्थापनमा आयोजना हुने महोत्सव आवश्यकता अनुसार समय बढाउन पनि सकिने आयोजक समितिका अध्यक्ष तुल श्रेष्ठले बताए ।

महोत्सवमा प्रमोद खरेल, मेलिना राई, ज्योती मगर, एलिना चौहान र रचना रिमाललगायतका राष्ट्रिय कलाकारहरु आउने तय भइसकेको सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका सञ्चालक पर्वत लामाले जानकारी दिए । महोत्सवमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने जनाइएको छ । 

महोत्समा एक सय रुपैयाँ प्रवेश शुल्क रहेको जनाइएको छ । महोत्सव सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका सल्लाहकार भरत मोक्तान, मनोजकुमार गोम्देन, आयोजक समितिका कोषाध्यक्ष श्याम दनुवार, आयोजक समितिका सदस्य हिमाल पुरी, हेमलाल परियार, सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका गौरी लिम्बुलगायतको उपस्थिति रहेको थियो ।