झापा।

झापाको झापा गाउँपालिका–४ बाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ का ३८ बर्षीय अच्युतकुमार मगरलाई पक्राउ गरेको हो ।

मगरको साथबाट ब्राउन सुगर १७ ग्राम १२० मिलिग्राम बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।