सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका ३ को ज्येष्ठ नागरिक संघ समिति सुरङ्गाले ज्येष्ठ नागरिक चौतारी सरस्वती टोलमा पञ्चेबाजासहित मंगलाचरण गरी दिवासेवा शुरु गरेको छ । 

समितिका संयोजक डिल्लीराम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य तथा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको विशिष्ट आतिथ्य रहेको थियो । 

कार्यक्रममा ज्येष्ठ नागरिक कनकाई अध्यक्ष शम्भु प्रसाद पोखरेल, कुलप्रसाद विमली, पुण्यप्रसाद वाह्रकोटी, कृष्णप्रसाद घिमिरे, कनकाई ज्येष्ठ नागरिक संघकावडा संयोजक तथा सदस्य लगायत जग्गादाता समेत एक २५ जनाको सहभागिता रहेको थियो ।

 वडा सचिव सिताराम न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा उप–प्रमुख शिवाकोटी, वडाध्यक्ष चम्लागाई, ज्येष्ठ नागरिक कनकाईका अध्यक्ष पोखरेल, सचिवलगायतले  सम्बोधन गरेका थिए । 

कार्यक्रममा संस्थापक अध्यक्ष २ जना लगायत सहयोग गर्नेलाई सम्मान गरिएको थियो भने पञ्चेवाजासहित विच–विचमा भजन किर्तन नाचगानसहित मनोरञ्जन गराएर दिवा सेवाको शुरुवात गरिएको थियो ।