झापा । 

फिल्म ‘आदिपुरुष’ बाट  ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाए हिन्दी फिल्म काठमाडौंमा चल्न नदिइने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दक्षिण भारतीय चलचित्र आदिपुरुषको सम्वादलाई लिएर आपत्ति जनाएका छन्।

आदिपुरुष रहेको ‘जानकी भारतीय छोरी हुन्’ सम्वाद हटाउन मेयर बालनको माग छ।  उनले सो सम्वाद नसच्याए काठमाडौं महानगरपालिकाभित्र कुनै हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका छन्। 

उक्त फिल्मको सम्वाद हटाउन उनले तीन दिनको समयसमेत दिएका छन्। मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनैपनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ।’ 

जानकी भनेको राजा जनककी छोरी सीताको अर्को नाम हो। उनकै नाममा जनकपुरधाममा जानकी मन्दिर रहेको छ। दक्षिण भारतीय सिनेमा ‘आदिपुरुष’ शुक्रबारदेखि काठमाडौंका हलमा प्रदर्शन हुन लागेका बेला मेयर बालको यस्तो चेतावनी आएको हो।