झापा।

नेपाली कथानक चलचित्र वानर सेनाको शुक्रवार टिजर सार्वजनिक गरिने भएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र वानर सेनाको टिजर सार्वजनिक गर्न लागिएको हो । टिजर अपरान्ह ३ वजे सार्वजनिक गर्न लागिएको चलचित्रका निर्माता युवराज गिरीले बताउनुभयो । 

विजया दशमीको अवसर पारेर प्रर्दशनको तयारी गरिरहेको वानर सेनाको छायङ्कन सम्पन्न गरेसंगै टिजर सार्वजनिक गर्न लागेको हो । 

अर्पण गिरीले निर्देशन गरेको यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको छ । रामायण बेसमा आधारित रहेर तयार पारिएको यो  चलचित्र  नेपालकै पहिलो चलचित्र हुने दावी गरिएको छ । 

रामायण बेसमा पहिलो नेपाली कथानक चलचित्रका रुपमा वानर सेनालाई उभ्याइएको निर्माण पक्षको दाबी छ । यो चलचित्र निर्माण र निर्देशन झापालीले गर्न लागेका हुन् । चलचित्र निर्माणकर्ता युवराज  निर्देशक अर्पणका बुवा हुन् । यता प्रोडक्सन म्यानेजरका रुपमा युवराजकी छोरी अंशिका गिरी रहेकी छिन् ।  

क्यानडाको विनिवेगमा बसेर चलचित्र सम्बन्धी अध्ययन गर्दै चलचित्र निर्माणका लागि मात्रै तीन वर्ष रिसर्च गरेका अर्पणले रामायण बेसमा यो चलचित्र तयार पारेको बताइएको छ ।  

यो चलचित्रमा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशनबाबु बस्नेत, रमेश सोडारी,युवराज गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।