मेचीनगर ।

  झापा मेचीनगरको धाइजनमा धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव  सोमबारदेखि सुरु भएको छ ।

समितिले आयो,गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेची नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले ब्यानर वाचन र पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेपछि महोत्सव बिधिवत रुपमा सुरु भएको हो ।

स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो ।

महोत्सव संयोजक सुरेश बुढाथोकीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा अङ्कित सेक्युरिटी सर्भिस प्रालिका प्रोपाइट बद्री महतलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । नरेश मोहराले स्वागत गरेको कार्यक्रमको संचालन बिष्णु प्रसाईले गरेका थिए । उद्घाटनको दिन टिकट निशुल्क गरिएको थियो ।

मेचीनगर १४ मा आयोजना गरिएको महोत्सव जेठ  ३१ गतेसम्म धाइजन− दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा २० वटाबढी स्टल रहने आयोजकले बताएको छ । 

महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महोत्सव समितिका सदस्य राजन प्रसाईले बताए । महोत्सवमा २३ गते  परियार र २४ गते राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहने  ठेकेदार गणेश राउतले बताए ।