चारआली ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित चारआली बजारलाई ब्यवस्थित बनाउन माग गरिएको छ । टोल बिकास संस्था अन्र्तगत चिन्तनवादी समुहले चाारआली बजारलाई ब्यवस्थित बनाउन आइतवार (आज) मागसहितको ज्ञापनपत्र मेचीनगर–१३ लाई बुझाएको हो ।

टोल बिकास संस्था अन्र्तगत चिन्तनबादी समुहका संयोजक बद्री महतले मेचीनगर–१३ का वडाध्यक्ष  कृष्णराज  सिग्देल समक्ष ज्ञापनपत्र बुझाएका हुन् । 

चारआली बजार क्षेत्रमा अब्यवस्थित रुपमा रहेका बिभिन्न केवल कम्पनीका तारहरुलाई ब्यवस्थित गर्नु पर्ने, सडक दाँयाबाँया भएका नालामा फोहोर तथा ढल मिसिएका कारण नाला दुर्गन्धीत बनेको र त्यसलाई ब्यवस्थापन गर्नुपर्ने, सडकको बिचमा रहेको ब्लक र गमलाका कारण रातको समयमा हुने गरेको सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक स्टिकर उपलब्ध गराउनु पर्ने छन् । 

charaali

त्यसैगरी चारआली बजार क्षेत्र वरपर जडान भएका सीसी क्यामेरा मर्मत सम्भार गरी सञ्चालन गरिनु पर्ने, फोहोरमैला ब्यवस्थापन गर्नुपर्ने, आर्मी ब्यारेक अगाडी रहेको चौतारो मर्मत सम्भार गरिनु पर्ने, चारआली बजार क्षेत्र भित्र अब्यवस्थित रुपमा हुने सवारी पार्किङलाई ब्यवस्थित गरिनु पर्ने लगायका मागसहितको ज्ञापनपत्र वडाध्यक्ष सिग्देललाई बुझाइएको छ ।  चिन्तनवादी समुहले वडाध्यक्ष सिग्देल समक्ष बुझाएको ज्ञापनपत्रमा ७ दिन भित्र माग सम्बोधन गर्न समेत आग्रह गरिएको छ ।

यता वडाध्यक्ष सिग्देलले ज्ञापनपत्र बुझ्दै चारआली बजार ब्यवस्थित र सुन्दर बनाउने कुरामा वडाको गम्भिर ध्यानाकर्षण भएको बताए । उनले नगर, वडा, स्थानीय सामाजिक संघ संस्थासँग छलफल र समन्वय गरेर चाँडै बजार ब्यवस्थित गरिने प्रतिवद्धता गरेका छन् । चारआली क्षेत्रमा बिभिन्न केवल, टेलिफोन, कम्पनीका तारहरु अब्यवस्थित रुपमा जमिनमा छरिएको, ढलनिकासमा दुगन्धीत मिसिएको, पार्किङ अब्यवस्थित बनिरहेको वडालाई पनि महसुस भएकाले त्यस्ता समस्या समाधानको लागि पहल गर्ने पनि वडाध्यक्ष सिग्देलले बताए ।