बिर्तामोड । 

झापा बितामोडको सूर्योदय टेलिभिजनको एनएमसी सूर्योदय क्विजको सातौं श्रृंखलाको उपाधि मेची बहुमुखी क्याम्पस भद्रपुरले हात पारेको छ । शुक्रबार(आज) बिर्तामोडमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मेची बहुमुखी क्याम्पसका प्रतियोगी विद्यार्थीहरू उत्कृष्ट बनेका हुन् ।

प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पस मोरङ दोस्रो भएको छ । झापा बिर्तामोडको इन्द्रचन्द्र क्याम्पस तेस्रो भएको छ भने सुनसरी इटहरीको कोशी सेन्ट जेम्सले सान्तवना पुरस्कार हात पारेको छ । 

उपाधि हात पार्ने मेची बहुमुखी क्याम्पसले नगद ५० हजार, दोस्रो हुने सुकुना बहुमुखी क्याम्पसले नगर २५ हजार, तेस्रो हुने इन्द्रचन्द्र क्याम्पसले १५ हजार र सान्त्वना पुरस्कार पाउने कोशी सेन्ट जेम्सले नगर ५ हजारसहित ट्रपी तथा मेडल पाएका छन् ।

प्रतियोगिताको अन्तिम छायांकनमा विभिन्न कलाकारहरूका गीत तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । प्रतियोगिताको क्विज मास्टर हरिकृष्ण भण्डारी भएका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन टेलिभिजनका कर्पोरेट डाइरेक्टर याम बिमलीले गरेका थिए ।