कनकाई । 

झापाको सुरुङ्गामा होटल समृद्धि संचालनमा आएको छ । बन्द निषेधित धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई—३ स्थित सुरुङ्गामा संचालनमा आएको होटल गायक प्रमोद खरेलले उद्घाटन गरेका हुन् । 

व्यवसायी गोपाल सिटौलाले व्यवसायीक प्रयोजनका लागी ४ करोड बढीको लागतमा निर्माण गरेको आफ्नै भवनबाट होटल व्यवसाय संचालनमा ल्याएको जानकारी दिए । 

करिव एक करोडको थप लगानीमा सिटौलाले संचालन गरेको बताएका छन् । पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको कनकाई नगरीमा आउँने पर्यटकहरुको खानपान साथै बसोबासका लागी उचित व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वासका साथ होटल संचालनमा ल्याइएको संचालक सिटौलाले जानकारी दिए ।