कनकाई
- चन्द्र बस्नेत ।
झापाको शिवसताक्षी–८ झिलझिलेस्थित वाटर किङडम वाटर पार्कमा तीन दिने ‘डे म्युजिकल इभेन्ट’ हुने भएको छ । नयाँ वर्षको अवसर पारेर भोली चैत ३० देखि बैशाख २ गतेसम्म डे म्युजिकल इभेन्ट हुने भएको हो ।

पार्कमा कन्सर्ट तथा विभिन्न सुइमिङ्गका खेल तमासा हुने वाटर किंगडम पार्कका सञ्चालक राजकुमार संग्रौला (तीर्थराज) ले जानकारी दिएका छन् ।
कन्सर्टमा प्रत्येक दिन अलग–अलग र्राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा नै लोकप्रिय छबी बनाएका ब्यान्डको प्रस्तुति रहने जनाइएको छ ।

डे म्युजिकल इभेन्टमा झिल्के इन्दि कम्पनी र ट्रइवले रेन, कालीप्रसाद बाँस्कोटा र द एक्स ब्याण्डको प्रस्तुती रहने जनाइएको छ । ग्रुपमा आउने तथा विद्यार्थीका लागि विशेष छुटको व्यवस्था रहेको बताइएको छ ।