सुनसरी ।

ठगी मुद्दामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका दुहवी नगरपालिका–१० का ३७ बर्षीय सञ्जयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

  जिल्ला अदालत मोरङको २०७५/०२/२७ गतेको फैसला आदेशले चौधरीलाई ठगी मुद्धामा १ वर्ष ७ महिना कैद र ५ लाख ६८ हजार ४५० रुपैयाँ जरिवाना तोकिएको थियो ।

कैद तथा जरिवाना तोकिएता पनि हालसम्म फरार रहँदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले यही चैत्र ७ गते पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि अदालत उपस्थित गराईएकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रदेश प्रहरीले जनाएको छ ।