चारपाने ।

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा प्रत्येक साँझ साङ्गितिक प्रस्तुति हुँदै आएको छ । फागुन ५ गतेबाट शुरु भएको महोत्सवको पहिलो दिन निशान भट्टराई र ¥यापर भाइवर साइमन, गायक तथा कार्यक्रम प्रस्तोता रमेश श्रेष्ठले साङ्गितिक प्रस्तुति दिए ।

आज ६ गते साँझ मन्त्र व्याण्डको प्रस्तुति रहनेछ । सोही अवसरमा गायिका बेनिषा पौड्यालले समेत आफ्नो साङ्गितिक प्रस्तुस्तुति राख्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ । 

शनिवार साँझ साढे ५ बजेवाट साङ्गितिक  प्रस्तुति शुरु हुने आयोजक समितिले जनाएको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।