भोजपुर ।

भोजपुरको अरुण गाउँपालिका–२ का ५५ बर्षीय ज्ञानबहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

श्रीमान श्रीमती बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको  र बादबिबादकै क्रममा रिशको आवेगमा श्रेष्ठले ४१ बर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरी मल खाडिमा पुरेको भन्ने सूचना पाएसँगै प्रहरी चौकी प्याउलीको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । 

मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेको र हत्या पश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।