बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका–५ स्थित सुगम पेट्रोल पम्प उत्तरपट्टि लयना बेष्ट्रो सञ्चालनमा आएको छ । सञ्चालकले शुक्रवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी बेष्ट्रोका बिषयमा गराएका हुन् । 

एक करोड ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको बेष्ट्रोमा थाई र चाइनिज फुडहरु पाइने सञ्चालक मध्येका छेवाङ शेर्पाले बताए । बिर्तामोडका युवा छेवाङ शेर्पा, रिसब मित्तल र संजोग लिम्बुले संयुक्त रुपमा बेष्ट्रो सञ्चालनमा ल्याएका हुन् । 

बेष्ट्रोको उद्घाटन सञ्चालकका हजुरबुबा मिङ्मा शेर्पा र द्धोरिका मित्तलले गर्ने सञ्चालक शेर्पाले जानकारी दिएका छन् । उद्घाटनका अवसरमा एक हप्तासम्म ग्राहकलाई ५ प्रतिशत छुट गरिने उनले बताए ।

बेष्ट्रोमा ग्राहकको माग अनुसारका सम्पूर्ण खानाका परिकार पाइने बताइएको छ । युवा बर्ग र पर्यटकलाई लक्षित गरी बेष्ट्रो सञ्चालनान ल्याएको सञ्चालक शेर्पाले बताएका छन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् । 

layana