चैतुबारी । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चैतुवारीको पञ्चरत्न माध्यमिक विद्यालयमा नृत्य प्रशिक्षण कार्यक्रम शुरु भएको छ । बिद्यालयले (आज) मंगलबार एक कार्यक्रमको आयोजना विद्यार्थीहरूलाई हप्ताको एक दिन नृत्य प्रशिक्षण गराउने कार्यक्रम शुरु गरेको जनाएको हो । 

सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलाप कम हुने गरेकोले विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने उदेश्यले नृत्य प्रशिक्षण  गराउन शुरु गरिएको जनाइएको छ ।  प्रत्येक साताको एक दिन मनिषा लिम्बू र चोलोहाङ लिम्बुले बिद्यार्थीलाई नृत्य प्रशिक्षण दिने विद्यालयका बालबालिका तथा शिक्षा सञ्चार प्रमुख सरोज पौडेलले जानकारी दिए । 

बिद्यालयका कक्षा ५ देखि १० सम्म अध्ययनरत इच्छुक विद्यार्थीहरूलाई नृत्य प्रशिक्षण गराइने विद्यालयका प्रधानाध्यापक योगेन्द्रमणि दाहालले बताएका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शिक्षा साकोसका अध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा सञ्चार संयोजक सरोज पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।  सरोज पौडेलको समन्वय तथा सहजिकरणमा बिद्यालयले नृत्य प्रशिक्षण कार्यक्रम शुरु भएको हो । 

नृत्य कक्षा सञ्चालनको लागि स्थानीय युवा गोविन्द गिरीले ११ हजार एकसय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको प्रअ दाहालले जानकारी दिए । नृत्य प्रशिक्षणमा पहिलो चरणमा ४० जना विद्यार्थीहरूको सहभागीता रहेको जनाइएको छ । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक दलबहादुर खड्काले गरेका थिए ।

saroj bhai