सुरुङ्गा । 

झापाको निर्वाचन क्षेत्र नं. ४ को प्रदेश २ बाट राप्रपाका भक्तिप्रसाद सीटौला निर्वाचित भएका छन् । सिटौलाले आफ्ना निकट्तम प्रतिद्वन्दी गठबन्धनका उम्मेद्वार एकराज उप्रेतीलाई ३ हजार ९७४ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । सिटौलाले १९ हजार ४५ मत ल्याउँदा उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेश सभाका अन्य उम्मेदवारहरु स्वामी प्रसाद लिम्बु दाप सहितको खुकुरी चुनाव चिन्हले २ हजार २०९ मत , उमाकान्त सिटौला किवोर्ड सहितको कम्प्युटर चुनाव चिन्हले २६५ मत, केशव बजगाई लौरो चुनाव चिन्हले ४ हजार १४२ मत, राजकुमार राजवंशी साईकल चुनाव चिन्हले १९८ मत, अम्बिका बहादुर तामाङ्ग कुखुराको भाले चुनाव चिन्हले ९६९ मत, मंगलसिंह साम्मेखाम घर चुनाव चिन्हले ४५५ मत, टेकबहादुर अधिकारी गैती चुनाव चिन्हले ४४१ मत, केहरसिंह बस्नेत लालटिन चुनाव चिन्हले ८६३ मत र जयप्रसाद चौलागाईं बिजुलीको चिम चुनाव चिन्हले २२९ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नं.४ को प्रदेश २ मा ४६ हजार १९८ खसेको र गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा २ हजार ३ सय ११ मत बदर भएको जनाइएको छ ।