झापा ।
झापा क्षेत्र नं. १ मा ३१९४८ मत गणना हुँदा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्माले ५८५१ मतान्तरले अग्रता कायम गरेका छन् । पछिल्लो मतगणना अनुसार शर्माले १५९४० मत प्राप्त गरेका छन् भने उनका प्रस्पिर्धी एमालेका उम्मेद्वा अग्निप्रसाद खरेलले १००८९ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ओमनाथ भण्डारीले ३०७५ मत प्राप्त गरेका छन् । ३१९४८ मत गणना गर्दा १६७८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी क्षेत्र नं. १ प्रदेश (२) का प्रदेशसभा सदस्य पदका गठबन्धनतर्फका उम्मेद्वार श्यामविर लिम्बुले ४७२० मत प्राप्त गर्दा राप्रपाका तर्फका उम्मेद्वार सबिना बजगाईले ४९२० मत प्राप्त गरेर अग्रता कायम गरेकी छिन् । १२३६४ मत गणना हुँदा ६०७ मत बदर भएको थियो ।
क्षेत्र नं. १ प्रदेश (१) का प्रदेशसभा सदस्य पदका गठबन्धनतर्फका उम्मेद्वार गोपाल तामाङ ७८३५ मत प्राप्त गर्दा एमालेका तर्फका उम्मेद्वार रबिन कोइरालाले ६७७१ मत प्राप्त गर्दै पछ्याई रहेका छन् । १७३०८ मत गणना हुँदा ९४४ मत बदर भएको थियो ।