झापा ।
झापा निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार तथा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले ११,३८५ प्राप्त गर्दै पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन् ।
आज बिहानसम्मको मतगणना अनुसार शर्माले नेकपा एमालेका अग्नि खरेललाई ४२९९ मतान्तरले पछि पारेका छन् । एमालेका उम्मेद्वार खरेलले ७,०८६ मतका साथ शर्मालाई पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले १,९८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरपालिकाको ९ र १०, बुद्धशान्ति गाउँपालिकाको ४,५,६,७ वडा गरी कूल २१ वडा रहेका छन् । झापा क्षेत्र नं. १ मा जम्मा मतदाता संख्या १ लाख २० हजार ३७५ मध्ये ८७ हजार ३९६ मत खसेको जनाइएको छ ।