झापा ।

झापा क्षेत्र नम्बर २ मा भएको मतगणना ७ सयको हाराहारीमा पुगेको छ । विहान ५ :३० बजेबाट शुरु भएको मतगणना यो समाचार तयार पार्दासम्ममा करिब ७ सय मत गणना भएको र मतपरिणाम भने अझै सार्वजनिक नगरिएको जनाइएको छ । 

अर्जुनधारा नगरपालिकामा शुरु भएको मतगणना वडा नं. ११ को मत पेटिकाबाट शुरु गरिएको झापा क्षेत्र नं. २ का निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार अन्य ठाउँमा पनि मतगणना गरिने तयारी गरिएको छ । पन्तले अहिलेसम्म मतगणना सार्वजनिक नभएको बताउँदै एकहजार गणनापछि वा गणना शुरु भएको बुथको मतगणना सकिएपछि मात्र सार्वजनिक गरिने बताएका छन् । 

 झापा क्षेत्र नं. २ मा गठबन्धनका तर्फबाट साझा उम्मेद्वार हरिकुमार राना, नेकपा एमालेकातर्फ देवराज घिमिरे र स्वतन्त्र उम्मेदवार स्वागत नेपालबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।