काँकरभिट्टा ।

 ‘तीन दशकबढी जनवादी गीत गाँए, गीतकै भाकाले कतिलाई हराएँ कतिलाई जिताएँ । कुनै हार र जितमा पछुतो कहिल्यै थिएन ।तर, गएको ७४ सालको निर्वाचन कार्यक्रममा सहभागी भएकोमा मलाई पछुतो भइ रह्यो कारण थियो कम्युनिष्ट साथीलाई जिताउँदा देशले मागेको विश्वप्रकाशले हारेको पत्तै भएनछ ।’ यो अभिब्यक्ति कुनै नेताको नभई उनै सु–प्रसिद्ध गायक शम्भू राईको हो ।

गायक राईले बुधबार झापा निर्वाचन क्षेत्र नं १ को गठबन्धन दलको चुनावी सभामा आफ्नो साङ्गितिक प्रस्तुत राख्ने क्रममा भने– ‘मैले अघिल्लो चुनावमा गित गाएर विश्वप्रकाशको विरुद्धमा भोट दिन अपिल गरेकोमा पश्चताप छ, साथीहरुले चुनाज जितेपछि धन्यावादसम्म भनेनन् ।’

‘मलाई धन्यवाद नभनेकोमा मात्र मलाई गुनासो थिएन, तर हारेर पनि यहाँको विकासमा विश्वप्रकाशनै खटिएको थाहा पाएपछि मलाई आत्मग्लानी भयो, त्यसैले यो पटक विश्वप्रकाशलाई जिताउन यहाँ आएको हुँ’ उनले थपे । गायनकै क्रममा आफूले जीवनमै पहिलो पटक रुख चिन्हमा मतदान गर्न लागेको हुँ राइले भने,–विश्वप्रकाशलाई जिताउने सुअवसरको सदुपयोग गर्न म क्षेत्र नं १ का आम मतदातालाई हार्दिक आग्रह गर्दछु ।’

देशले मागेको विश्वप्रकाशलाई यहाँबाट जिताएर पठाइदिनु होला : यस कुमार

चुनावी अभियान कै दौरानमा झापा क्षेत्र नं १ आइ पुगेका अर्का गायक यसकुमारले नेपाली राजनीतिमा विश्वप्रकाश शर्माको उपस्थिति अनिवार्य रहेको बताए ।

बुधबार मेचीनगर–६ काँकरभिट्टास्थित मिनीमार्केट क्षेत्रमा आयेजित चुनावी सभामा साङ्गितिक प्रस्तुती दिँदै उनले भने ‘म कुनै दलको कार्यकर्ता होइन, कुनै पार्टीमा आवद्ध छुइन तर, विश्वप्रकाश र सिंगो गठबन्धनलाई जिताउँन यहाँ आएको छु, जीवन मै पहिलो पटक राजनीतिक स्टेजमा प्रस्तुत भएको बताउँदै गायक यसकुमारले देशले मागेको विश्वप्रकाशलाई यहाँबाट जिताएर पठाइदिनु होला ।

बुधबार गठबन्धन दलले आयोजना गरेको चुनावी सभालाई क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार विश्वप्रकाश शर्मा, क्षेत्र नं १ प्रदेश १ का गोपाल तामाङ, चुनाव प्रचार समिति संयोजक तथा नेपाली काँग्रेस कार्यबाहक जिल्ला सभापति केशवराज पाण्डेलगायतले सम्बोधन गरेका थिए । कोण सभामा ब्यापक जनसहभागिता थियो । 

गठबन्धन दलकै आयोजनामा  बिहीबार धुलावारीमा राष्ट्रिय कलाकारसहितको अन्तिम कोण सभाको आयोजना गरिएको लोकतान्त्रिक वाम गठबन्धन चुनाव प्रचारप्रसार समिति क्षेत्र नं १ ले जनाएको छ ।