• –युवा पलायनलाई रोकेर स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानमा म अग्रसर बन्नेछु ।
  • –गठबन्धनप्रति हामी मात्रै हैन कि सहयोद्धा दलहरु सबै विश्वस्त छौँ । 
  • –म तामाङको छोरा हुँ । यसमा मलाई गर्व छ ।
  • –‘पुरानालाई हैन, नयाँलाई’ भन्ने जनमत व्यापक रुपमा बढिरहेको छ ।
  • –मतदाताले पार्टी मात्रै हेर्छ भन्ने कुरामा मलाई चाँहि विश्वास छैन ।


सामाजिक संघ संस्थााहरुमा फराकिलो परिचय बनाएका छन्, मेचीनगर–६ का युवा नेता गोपाल तामाङले । झापा क्षेत्र नं १ ९क० बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका तामाङ यो भेगमा लोकप्रिय नेता मानिन्छन् । दर्जन बढी सामाजिक एवम् राजनीतिक संघसंस्थाको नेतृत्वमा सफलता हासिल गरेका उनी मंसिर ४ मा हुने निर्वाचनको आशा र भरोसा गरिएका धेरै युवा उम्मेद्वारको सूचीमा अग्रपंक्तिमा उभिएका छन् । 

२०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा समेत सहभागी बनेका तामाङ २०४७ देखि मेची बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा नेपाल विद्यार्थी संघ ९नेविसंघ० मा आवद्ध भए । २०६२÷०६३ को जनआन्दोलनमा युवालाई गोलबद्ध बनाउने अभियानका मुख्य अभियन्ता तामाङले छोटो समयमै राजनीतिक छलाङ मारे । नेपाल तरुण दलको वडा सभापति हुँदै जिल्ला सभापतिको नेतृत्वमा रहेर युवालाई गोलबद्ध बनाउन उनी सफल भएका छन् । १४ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि छानिएका तामाङ यसअघि उनी ०७४ सालको निर्वाचनमा झापा क्षेत्र नं १ ‘क’ बाट समानुपातिक उम्मेद्वार बनेका थिए । निर्वाचनमा केन्द्रित भएर उनीसँग गरिएको कुराकानीः 

चुनावी प्रचारको गतिविधि कसरी अघि बढिरहेको छ ?  

–अन्य पार्टीहरु झैँ हामी पनि प्रचारमा आक्रामक ढंगले लागेका छौँ । खासगरी हाम्रो दलले माओवादी, एकीकृत समाजवादी जस्ता ठूला शक्तिहरुसँग सहकार्य गरेका कारण सहयोद्धा दलहरुसँगको छलफल, सहकार्य र सल्लाहबाट चुनावी प्रचारलाई तीव्र पारिरहेका छौँ । जनताको मत बटुल्न घरदैलोमा पुगिरहेका छौँ । 

तपाईंको चुनावी एजेण्डा चाहिँ के छ ? 

–दलका नेताहरुमा एउटा समस्या के देखिएको छ भने चुनावमा मत लिने र मत पाएर जितेपछि फर्किएर गाउँ नजाने, जनताका अपेक्षाहरु पुरा नगर्ने, विकास गतिविधिमा संलग्न नबन्ने लगायतका समस्या देखिएको छ । तर, मेरो स्वाभाव चै तेस्तो छैन । चुनावमा नलड्दा पनि म निरन्तर जनताको काममै तल्लीन थिएँ, अहिले पनि जनताका आशा अपेक्षा बुझिरहेकै छु । मेरो खास ठूलो एजेण्डा त केही छैन । अन्य नेताहरुले जस्तो आश देखाएर जनतालाई निरास पार्ने पक्षमा म छैन । त्यसैले यसपटक परिवर्तनको एजेण्डालाई मैले अघि सारेको छु । 

परिवर्तन किन ?

जनताले परिवर्तन खोजिरहेका छन् । सामाजिक रुपान्तरणसँगै राजनीतिलाई पनि सच्चाएर लैजानु पर्छ भन्ने जनमत पछिल्लो समय बढिरहेको छ । अब परिवर्तन टड्कारो रुपमा जरुरी पनि भएको छ । दलका गतिविधिप्रति दुरदराजका जनता सन्तोष छैनन् । राजनीतिप्रति आम जनतामा वितृष्णा पैदा भएको छ । अब जनताले हस्तक्षेप गर्न सुरु गरेका छन् । राजनीतिक रुपमा समग्रतामा परिवर्तन नै मेरो मुल एजेण्डा हो । राजनीतिलाई इमान्दार बनाउने, सच्चाएर लैजाने कर्मको सुरुआत मैले थालेको छु ।  

जनताको अपेक्षा के छ ? 

–कतिपय ठाउँमा त जनताले हिजोका नेताले आश मात्रै देखाए । पुरा गर्न सकेनन् भन्दै पुराना नेतासँग जनता रुष्ट पनि देखिएको छ । युवाका कारण आम मतदाताले म प्रति धेरै आशा गरेको पाएको छु । मत पाएपछि गाउँ फर्किएर नजाने, शहरमै बस्ने परिपाटीप्रति जनता आक्रोसित देखिएको छ । मेरो हकमा चाँहि परिवर्तनको मुद्धा बोकेर जादै गर्दा, नयाँ उम्मेदवार हुदै गर्दा, परिवर्तन हुनुपर्यो भनिरहेका छन् । अब युवा पुस्ताले नेतृत्व लिनु पर्छ भन्ने आम बुझाई पाइरहेको छु । मेरा प्रतिष्पर्धी पहिला टेष्ट भइसक्नु भएको छ । अब पालो मेरो हो । ‘पुरानालाई हैन, नयाँलाई’ भन्ने जनमत व्यापक रुपमा बढिरहेको छ । यो मेरा लागि उत्साहको कुरा हो ।    

युवा मतदाताका लागि चाहिँ तपाईंको ठोस योजना छ ? 

–युवा भएका नाताले, युवा मतदाताप्रति म बढी नै संवेदनशील छु । युवाका हरेक गतिविधिप्रति मेरो साथ र सहयोग रहन्छ । खासगरी खेल क्षेत्रमा आबद्ध युवाप्रति सदैव सहयोग रहने छ । लागूऔषध जस्तो दुव्र्यसनको दलदलमा फसेका युवालाई सही बाटोमा डोहोर्याउने अभियानका लागि पनि ठोस काम गर्ने मेरो योजना छ । लामो समय नाइट चेस क्लब जस्तो सामाजिक संस्थामा काम गरेको अनुभवले पनि युवा जमातप्रति मलाई सिरियस बनाएको छ । तसर्थ युवाको मुख्य आवश्यकता रोजगारी नै हो । रोजगारी नभएर विदेशिएको अवस्था व्याप्त छ । अब युवा पलायनलाई रोकेर स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानमा म अग्रसर बन्ने छु । पर्यटन विकासमा पनि काम गर्ने योजना छ । कृषि उद्यमबाट पनि रोजगारी सिर्जना गर्ने छाँै । जलश्रोतको विकास गर्न सकिन्छ ।  

पार्टी बाहिरका मतदातालाई तान्ने योजना के छ ?

–अब हामीले पार्टी मात्रै हेर्नु हँुदैन । पार्टी भन्दा माथि उठेरै मन परेका उम्मेदवारलाई मतदाता गर्नु पर्छ । जसरी आज हर्क, बालेनहरु उदाए अब त्यसैगरी अन्य युवाहरु पनि उदाउने कुरामा दुइमत छैन । यद्यपि राजनीतिक दलको विकल्प भने छैन । दलभित्रको नराम्रा क्रियाकलापलाई सच्चाएर लैजानु पर्छ । सुधारेर लैजानु पर्छ । राजनीतिलाई कमाइखाने भाडो हैन, कि सेवा हो माध्यम बनाइनु पर्छ ।

मेरो पार्टी बाहिरका आम जनताले पनि नयाँ भएका कारणले मलाई नै मतदान गर्नु हुन्छ भन्ने कुरामा म ढुक्क छु । काँकरभिट्टा खानेपानी, नाइट चेस, रोटरी जस्ता संघ संस्था र क्लबहरुमा विगतमा सक्रिय ढंगले लागेका कारण मतदाताले पार्टी मात्रै हेर्छ भन्ने कुरामा मलाई चै विश्वास छैन । उहाँहरुले व्यक्ति हेर्नुहुन्छ । म नेपाली काँग्रेसको मात्रै हैन, यो भेगकै साझा उम्मेदवार हुँ भन्ने कुरामा म विश्वस्त छु ।  

गठबन्धनप्रति कुनै अविश्वास छ कि ?

–विल्कुल अविश्वास हुने कुरै हँुदैन । अघिल्लो स्थानीय तह चुनाव अघिदेखि केन्द्रबाट भएको गठबन्धनप्रति हामी मात्रै हैन कि सहयोद्धा दलहरु सबै विश्वस्त छौँ । विगतमा गठबन्धनबीच नै बेमेलको स्थिति पनि भयो होला । तर, अहिलेको अवस्था फरक छ । स्थानीय चुनावबाट हामीले पाठ पनि सिक्यौँ । धेरै स्थान गुमाउँदाको पीडाप्रति गठबन्धन दलहरु गम्भीर नै होलान भन्ने छ । अब पनि कमीकमजोरी भयो भने सिंगो गठबन्धनकै भविष्य अन्धकारमय बन्ने छ । मुख्यत तीन दल व्यवस्थापकीय हिसाबले पनि मजवुद छौँ । कार्यकर्ता पंक्तिमा पनि विश्वासिलो धरातल बनेको छ । काँग्रेसले माओवादीलाई र माओवादीले काँग्रेसलाई भोट नहाल्ने विगतको गल्ती अब हुनेछैन । 

यो भेगमा ठूलो हिस्सा आदिवासी जनजाति समुदायको छ ती समुदायको माया पाउनु हुन्छ जस्तो लागेको छ ? 

–निश्चय पनि उहाँहरुको मायामा एक इन्च पनि फरक पर्ने छैन भन्ने कुरामा म निर्धक्क छु । आदिवासी जनजाति, दलित, पिछडा वर्ग र सामाजिक रुपमा हेपिएका, थिचिएका समुदायको मायाले नै म चुनाव जित्ने छु । उहाँहरुको अधिकारलाई सुनिश्चित गर्ने काम अरु नेताबाट हुँदैन भन्ने कुरा विगतको इतिहासवाट पुष्टी भइसकेको छ । विगतमा यो भेगबाट जितेर सांसद बनेका नेताहरुले उहाँहरुको हक अधिकार स्थापित गर्न कस्तो भूमिका खेल्नु भयो त्यो त छल्लंगै छ नि । यसमा मैले धेरै कुरा गरिरहन जरुरी छैन । 

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जनजाति÷आदिवासीकै हित सुनिश्चित गर्ने गरि स्थापना भएका हुन् । हाम्रो संविधानले अंगीकार गरेका यी उपलब्धिलाई आम जनजाति÷आदिवासीको जीवन रुपान्तरण गराउने उर्जा बनाउन म लागि परेको छ । हाम्रो भाषा र सांस्कृतिक धरोहरहरु संकटमा छन् । हामी आफैँ आफ्नो भाषा बिर्सेर हिँडेका छौँ । भाषा र संस्कृति संरक्षण गर्न हर तरहले म लाग्नेछु । 

अन्त्यमा के भन्नु हुन्छ ?

–म तामाङको छोरा हुँ । यसमा मलाई गर्व छ । तसर्थ विश्वभरिका तामाङहरु एकजुट हुनु पर्छ भन्ने मेरो मान्यता पनि छ । विगतका शासकले हामीमाथि गरेको विभेदलाई हामीले बिर्सनु हुँदैन । मेरो समुदायको गर्विलो इतिहास छ, त्यसलाई मेटिन नदिन म मेरो समुदायका मतदाताहरुलाई चाहिँ विशेष अनुरोध गर्छु । दश औँला जोडेर, शिर निहुर्याएर विनम्रता साथ अनुरोध गर्छु कि, यसपटक मौका दिनु होस् । म समुदायको हितमा काम गरेर देखाउनेछु ।