झापा।

चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनलाई मत माग्न झापा आउने भएकी छन्।    

लिङदेनको चुनावी क्षेत्र, झापा क्षेत्र नं ३ को  राजगढ  बजारमा  कार्तिक २९ र   भद्रपुरमा ३०   गते हुने बृहत चुनावी आमसभालाई कोइरालाले सम्बोधन गर्ने छिन्।

एमालेसँग चुनावी तालमेल गर्दै लिङदेन प्रतिनिधि सभा उम्मेदवारको रूपमा चुनावी मैदानमा रहेका छन्।