• चन्द्र बस्नेत 

झापा । 

नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त  र्यापर गायक  जिवव, सिरुपाते, प्लस डिवाइट, कुईन्स जि तथा ए के ए फाया लगायतका आधुनिक तथा अहिलेका चर्चित र्यापर ब्याण्ड भोली कात्तिक ११ गते  शुक्रबार आफ्नो औपचारिक ब्याण्डसहित   प्रदेश न १ मै पहिलो पटक  झापाको  झिलझिलेमा  आउने भएका छन् । 

उनीहरु झिलझिलेमा रहेको वाटर किंगडम पार्क एण्ड रिसोट्मा दर्शकमाझ प्रस्तुत हुने भएका हुन् । गायक जिववका साथै अन्य गायकसहित आफ्नै आधिकारिक ब्याण्डका साथ लाइभ कन्सर्ट गर्न लागेका हुन् । आधिकारिक ब्याण्डसहित प्रस्तुति दिने वाटर किंगडम पार्कका कार्यकारी निर्देशक  सौजन सग्रौलाले जानकारी दिएका हुन्।

झिलझिलेमा उनले ब्याण्डको म्युजिकसँगै पुराना तथा नयाँ गीतहरु गाउँने गायक जिववका साथै अन्य गायकले आफ्ना हिट गीतहरुलाई प्रस्तुती दिने जनाइएको छ । कन्सर्टमा  जिवबलाई पछिल्लो समय नेपाल र विदेशमा समेत अत्याधिक रुचाइएका र्यापर जिवबका हालसम्म दर्जनौ गीत  रेकर्ड भएर बजारमा आएका छन् । 

भोलि हुने लाईभ कन्सर्टमा स्थानीय तथा अन्य रास्ट्रिय चर्चित कलाकारहरुको समेत प्रस्तुती रहने जनाइएको छ ।