बिर्तामोड ।
बीबी प्रोडक्सनको ब्यानरमा बलात्कार जस्तो अपराधको घटनामा आधारित क्राइम नेपाली चलचित्रको प्रथम प्रदर्शन हुने भएको छ ।

बिर्तामोडस्थित अतिथी सदनको हलमा दशैंको अवसर पारेर असोज १५ गते चलचित्र प्रदर्शनमा आउन लागेको चलचित्रका सह निर्माता तीर्थ सिग्देलले जानकारी दिए ।
करिब ७ लाखको लगानीमा बनेको क्राइम चलचित्रले बलात्कार र अन्य अपराध नियन्त्रणका लागि सामाजिक सन्देस प्रवाह गरेको उनले बताए ।
सो चलचित्रमा मुख्य भुमिका राजन थापाले निभाएका छन् । उनी सो चलचित्रका मुख्य निर्माता पनि हुन् । उनी लगायत चलचित्रमा झापाकै दुई दर्जन कलाकारहरूले अभियान गरेका छन् । चलचित्रको निर्देशन र लेखन युवा निर्देशक रोहन राईले गरेका छन् ।