झापा । 

सन् २०१७ मा स्थापना गरिएको होटल म्यानेजमेन्ट क्षेत्रको निरन्तर सेवामा समर्पित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानद्धारा सञ्चालित होटल मेनेजमेन्ट कलेजले सञ्चालन  गर्ने विविध कार्यक्रम मध्ये  विश्व पर्यटन दिवसलाई केन्द्रितगरी सार्वजनिक हितको कार्यक्रमको आयोजना गर्ने गरेको छ।

‘आदर्श स्कुल अफ होटल म्यानेजमेनटले सम्पुर्ण कर्मचारी  र कक्षा ११ र १२ बिद्यार्थीको उपस्थितिमा झापाका धार्मिक तथा ऐतिहासिक क्षेत्रको सरसफार्इ सहित स्कुल प्राङ्गणमा सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको स्कुलका तालिम बिभागका प्रमुख दीपक दासले जानकारी दिए।

उक्त कार्यक्रममा  निदि क्याम्पस, सुरुवाती कोठा नेपाल, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा), ट्रेक ८५८६ को सहकार्य, झापाको बिर्तामोडमा प्रभात फेरी र पाउ पाथीभरा मन्दिर परिसर, सहिद उद्ध्यन पार्क, सालबारि सिमसार परिसर सफाइ गरी मनाइएको हो। सुरुवाति कोठा नेपाल र आदर्श स्कुल अफ म्यानेजमेन्टले झापामा बर्षेनी पर्यटन दिवस मनाउदै आएको छ। 

 उक्त कार्यक्रममा प्रबन्धक निर्देशक सन्जोग खरेल, प्रमुख ब्यवस्थापक वसन्त टण्डन, तालिम बिभाग प्रमुख दीपक दास प्रशासकीय प्रमुख यज्ञ कडरिया, बिजया भण्डारी, लेखापाल रेखा अधिकारी, चिफ सेफ भुवन दङ्गाल, फुड ब्रेभरेज प्रमुख प्रवेश खनालको, शिक्षक–शिक्षिकाहरू रामचन्द्र  पोखरेल, अनमोल गिरि, मनोज बस्नेत, बिनोद लामा, नितेश शाह, इन्दिरा खड्का, सुजता दहाल, राजन ओझा, विशाल पौडेल लगायत अन्य संस्थागत परिवार सदस्यहरु बीच हर्षोल्लासका साथ मनाइएको कार्यक्रमले भावी दक्ष निर्माणसहित सर्वाङ्गिक बिकासको उद्देश्य राखी सामाजिक गतिबिधिमा सहभागिता जनाउन प्रेरणामुलक बन्ने अभिप्राय जोडिएको थियो।