बिर्तामोड ।
बालबालिका लक्षित रेडियो कार्यक्रम बालबालिका र शिक्षा झापाको रेडियो हिमशिखरबाट पनि प्रसारण हुने भएको छ। दमकबाट प्रसारण हुँदै आएको रेडियो हिमशिखर १०३.३ मेघाहर्जमा शुक्रबार बेलुकी ७ः१५ बजे र शनिबार बिहान ८ः१५ बजे प्रसारण हुने स्टेशन म्यानेजर हरिकृष्ण न्यौपानेले जानकारी दिए।

यसअघि झापाको आँगन एफएम, रेडियो बिराट, इलामको रेडियो फिकल, मोरङ्गको रेडियो रिदम र पाँचथरको रेडियो मितेरीमा बालबालिका लक्षित कार्यक्रम ुबालबालिका र शिक्षा प्रसारण हुँदै आएको थियो ।
मोबाइल र ईन्टरनेटको प्रयोग बाट बालबालिकाको सिकार्इमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको हो।
बिगत २ बर्ष देखि प्रसारण हुँदै आएको रेडियो कार्यक्रमले अभिभावक र बालबालिकालाई सकारात्मक सन्देश दिदै आएको कार्यक्रम संयोजक एवम् बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेलले जानकारी दिए । कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको बिकास र अपन्त्व महसुस हुने र बालबालिका प्रती सरोकारवाला निकायको ध्यानाकर्षण हुन थालेको छ ।
साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । संचारकर्मी चेतन लामिछाने, सृजन घिमिरे, रेणु मुखियाको आवाजमा उत्पादन हुने कार्यक्रममा बालबालिका र शिक्षकको कुराकानी र गतिविधि समेटेर प्रसारण हुने गरेको छ। बालबालिकाका सकारात्मक सन्देशलाई आम श्रोता समक्ष पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै विषम परिस्थितिको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारे पनि सामाग्री प्रस्तुत गरिने जनाईएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्यक्तिहरुको सफलताको कथा उनीहरुकै आवाजमा ुमेरो कथाु स्तम्भ मार्फत प्रस्तुत गरिनेछ । शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने कार्यक्रम प्रस्तोता पुस्पा लिम्बुले बताईन ।