बिर्तामोड । 

झापामा नेपाली शर्ट चलचित्र ‘क्राइम’ निर्माण हुने भएको छ । सन्देशमुलक बिषयलाई समेटेएर निर्माण हुन लागेको चलचित्र ‘क्राइम’ आगामी साउन २ गतेदेखि निर्माण हुन लागेको हो । 

क्राइम चलचित्र निर्माण टोलीले बिहीवार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गर्दै चलचित्रका बिषयमा जानकारी दिएको हो ।

बीएसबी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र क्राइमको निर्माता राजन थापा रहेका छन् भने सह निर्माता तीर्थ सिग्देल, प्रनिष पौडेल, सम्बल आचार्य, विशाल बिमली, भुवन बाँस्कोटा र प्रसंसा वाँस्तोला रहेका छन् । 

चलचित्रको प्रस्तुतकर्ता मनोज राई, लेखन निर्देशन रोहन राई, सह–निर्देशन रतन सिंगु लिम्बु, द्धन्द्ध निर्देशक विपिन प्रसाई, मेकअप पदम तामाङ र क्यामरामेन सन्तोष राना मगर रहेका छन् । 

चलचित्रमा राजन थापा, राज शेर्मा, पूर्णिमा लिम्बु, सबिना वस्नेत, बिजु राई, किरण जबेगु, राजु गौतम, अजित राना मगर, नवराज दंगाल, खेमराज दंगाल, सुवास अधिकारी, अनिल राई, सुनिल विश्वकर्मा, माणिक रेग्मी, सनम राई, निर्मल महरा, कैलाश कट्टेल, कुमार रायलगायतको अभिनय रहने निर्माण टोलीले जानकारी दिएको छ । 

निर्माता राजन थापाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सह–निर्माता तीथ सिग्देल, लेखन तथा निर्देशन रोहन राई, सल्लाहकार अर्जुन मेचेलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । ५० देखि ५५ मिनेट समयको निर्माण हुने उक्त चलचित्र करिब ७/८ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने जनाइएको छ ।