बिर्तामोड ।
झापाको बिर्तामोडमा ‘धागो फेसन फेस्ट’ मा मोडलहरू र्याम्पमा उत्रिए । धागो बुटीक डिजाइनर हाउस बिर्तामोडले आयोजना गरेको ‘धागो फेसन फेस्ट’ मा १६ जना मोडल र एक सो टपर धागो बुटीक डिजाइनर हाउस बिर्तामोडले तयार पारेका विभिन्न पहिरनहरु लगाएर र्याम्पमा उत्रिएका थिए ।

ईभेण्ट कोरियोग्राफर प्रणित पुडासैनीले उनीहरुलाई पार्टी वेयर, विवाहको पहिरन, कल्चरल ड्रेस, आधुनिक पहिरनमा क्याटवाकसहित र्याम्पमा प्रस्तुत गरेका थिए ।
धागो बुटीक डिजाइनर हाउस बिर्तामोडले तयार पारेका विभिन्न पहिरनहरुको प्रर्वद्धन गर्न ‘धागो फेसन फेस्ट’ को आयोजना गरेको धागो बुटीक डिजाइनर हाउस बिर्तामोडकी सञ्चालिका सानी घिमिरेले बताइन् ।
कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले गरे । कार्यक्रममा गायक प्रताप दास, नाम्गेल तामाङले गीत प्रस्तुत गरेका थिए भने मौनता प्रसाईंले नृत्य प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा साहित्य, कला,संस्कृति प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष भगवति ढुंगेल , नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुभला तामाङले गरेकी थिइन् ।