भद्रपुर ।
प्रदेश नम्बर १ का सिंचाई उर्जा तथा खानेपानी मन्त्री रामकुमार राई (पासाङ) ले भद्रपुर, कचनाकवल र हल्दीबारीमा अधुरा रहेका खानेपानी आयोजनालाई तत्काल बजेट बिनियोजन गरी सञ्चालनमा ल्याउने बताएका छन् ।
मन्त्री पासाङले कचनाकवलको सुकुनाडिगी खानेपानी उपभोक्ता समितिको उद्घाटन गर्दै अधुरा रहेका खानेपानीलाई तत्काल पूरा गर्ने बताएका हुन् ।
मन्त्रीले पासाङले कचनकवल क्षेत्र भित्र पिउने पानीमा आर्सनिकको मात्रा धेरै रहेकाले रिफिल्टरिङ्ग गरि शुद्ध पिउने पानी तत्काल जनतामा पुर्याउन स्थानिय सरकारको प्रमुख दायित्व रहेको र प्रदेश सरकारसँग सहकार्य गर्न पनि निर्देशन दिएका छन् ।
मन्त्री पासाङले कचनकवलमा रहेका बनियानी खानेपानी, बालूबाडी खानेपानी, केचना खानेपानी, हल्दिवारी खानेपानी र भद्रपुरका खानेपानी आयोजनाहरूको समेत निरिक्षण गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भद्रपुर नगर सह–इन्चार्ज पुकार राजवंशीले जानकारी दिए ।