झापा । 

 निर्माणाधिन देउनीया खोला सिंचाई परियोजनालाई पूरा गर्न बजेट उपलव्ध गराउने प्रदेश नम्बर १ का उर्जा, सिंचाई तथा खानेपानी मन्त्री  रामकुमार राई (पासाङ) बताएका छन् ।  मन्त्री पासाङले परियोजनाको स्थलगत अवलोकन गर्दै त्यसलाई पूरा गर्न बजेट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।  

झापाको बिर्तामोड –७ मा निर्माणाधिन देउनीया खोला सिंचाई परियोजनाको वाँकी काम सम्पन्न गर्न यसै बर्ष बजेट उपलब्ध गराउने मन्त्री पासाङले बताएका हुन् । 

बिर्तामोड ६ र ७ मा खानेपानीको समस्या हल गर्न प्रक्रिया पुर्याएर आउन त्यहाँका वडाध्यक्षलाई उनले आग्रह समेत गरेका छन् ।  

त्यस्तै मन्त्री पासाङले देउनिया नदि तटबन्ध, सौन्दर्यिकरण र करिडोरको निर्माणका लागी यसै बर्ष बजेट छुट्याउने र बहुबर्षिय परियोजना बनाइ कार्य सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्दता समेत जनाएको माओबादी केन्द्रका झापा जिल्ला सह–इन्चार्ज सिपि कडरियाले बताए ।  

 मन्त्री पासाङसहित बिर्तामोड वडा नम्बर ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा, वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, माओबादी केन्द्रका झापा जिल्ला सह–इन्चार्ज कडरिया, मन्त्रालयका सचिब, सिंचाई डिभिजन झापाका प्रमुखलगायतको सहभागिता रहेको  माओबादी केन्द्रका बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले जानकारी दिए ।