झापा । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ का नवनिर्वाचिन वडाअध्यक्ष शन्तकुमार थापाले ऋण लिएर बारम्बार ताकेता गर्दा समेत समयमा साँवा र ब्याज नतिरेको भन्दै संस्थाले ३५ दिने सूचना जारी गरेको छ । 

झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले झापाबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकमा  (आज) बिहीवार सूचना प्रकाशित गरेको हो । प्रकाशित सूचनामा थापाले हल्दीबारी १ को किता नं. २००२ को १० कठ्ठा धितो राखेर ऋण लिएको जनाइएको छ । 

थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट  निर्वाचित जनप्रतिनिधि समेत हुन् । संस्थाले प्रकाशित गरेको सूचनामा ३६ जनाको नाम छ ।

जसमा सि.नं. ३४ मा वडाअध्यक्ष थापाको तीन पुस्ते र जग्गा धितो राखेको बिवरणसहितको सूचना प्रकाशित भएको छ । थापाले संस्थाको चन्द्रगढी सेवा केन्द्र मार्फत ऋण लिएको सूचनामा  छ ।